फिल्म ‘प्रसाद’ को फस्टलुक सार्वजनिक

फिल्ममा नायक विपिन कार्की, नायक निस्चल बस्नेत र नायिका नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुक सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरिएको हो  ।

निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्दै गरेको फिल्म ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहनेछ । फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गर्दै छन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।