अभिनेता नवाजुद्दीन बिरुद्ध उजुरी

बलिउड अभिनेता नवाजुद्दीन सिद्दकी कानुनी झमेलामा परेका छन् । उनीअभिनीत वेब सिरिज ’सेक्रेड गेम्स’ को कारण उनी कानुनी झमेलामा परेका हुन् । बङगालका एक काङग्रेस कार्यकर्ताले नवाजुद्दीन माथि एफआईआर दर्ता गराएका छन् । राजीव सिन्हा नाम गरेका उनले नवाजुद्दीनले पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई तुच्छ शब्द प्रयोग गरेको भन्दै पुलिस स्टेसनमा उजुरी दिएका थिए ।

सिरिजको एक एपीसोडमा नवाजुद्दीनले  राजीव गान्धीलाई ’फटाहा’ भनेको सुनिन्छ  । सिन्हाले आफ्नो उजुरी पत्रमा भनेका छन् कि ’नवाजुद्दीन’ जो यस श्रृंखलामा गणेश गतीदेनको भूमिकामा छन्,  उनले हाम्रो पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई फटाहा भनेका छन् ।