हेयर एक्स्टेन्सन विथ सुष्मा महरा, फेसियल हाउस

सुष्मा महरा
बिजनेश उमन : प्रोपाईटर, फेसियल हाउस काठमाडौं मल ।
आफुसँग भएको छोटो एवँ पातलो कपालमा लामो एवँ मोटो कपाल जोडेर कपाललाई घना तथा लामो बनाउने प्रकृयालाई ‘हेयर एक्स्टेन्सन’ भनिन्छ । केही वर्ष अघिसम्म हामकहाँ आफ्नो कपाल छोटो छ अथब छिटो बढ्न सकेको छैन भने त्यतीबेला छोटो कपालमा चित्त बुझाउनु पथ्र्यो । कपाल पातलो हुँदा पनि त्यसैमा चित्त बुझाउनु पथ्र्यो । तर नेपालमा कपाल गाँस्ने प्रकृया ‘हेयर एक्स्टेन्सन’ भित्रिएपछि छोटो कपाल तथा पातलो कपाल हुनेहरुले आफ्नो कपाललाई मोटो एवँ लामो बनाउने अबसर पाएका छन् । मुलत कपाल जोड्ने कार्य विभिन्न पार्लरमा गरिन्छ । तर आफुसँग सम्बन्धित सामग्री, जोडेन उपकरण र सिपयुक्त व्यक्ति साथमा छ भने घरमै बसेर पनि कपाल जोड्न सकिन्छ । आफ्नो कपाल बढेपछि त्यस अघि जोडेको कपाललाई सुरक्षित रुपमा फुकाएर पुनः पछि पनि प्रयोग गर्न सकिन्छ । नेपालमा ‘हेयर एक्स्टेन्सन’ प्रविधि भित्रिएपछि धेरैले छोटो तथा पातलो कपालको समस्याबाट मुक्ति पाएका छन् । सुरुमा यो निकै महँगो रुपमा नेपाल भित्रिएको थियो । तर विस्तारै ‘हेयर एक्स्टेन्सन’ प्रकृया केही सस्तो हुँदै गएको छ । बास्तविक कपाल केही महँगो परे पनि त्यो दीर्घकालिन हुन्छ । तर बजारमा सस्तो मूल्यको सेन्थेटिकको कपाल पनि भित्रिएकाले छोटो समय प्रयोग गर्न सेन्थेटिकको कपाल पनि जोड्ने गरिएको छ । जुन सर्वसाधरणले पनि प्रयोग गर्न सक्छन् ।

‘हेयर एक्स्टेन्सन’ गर्ने तरिका

१) गमले जोडेर
२) क्लिपले अड्काएर
३) सिलाएर
४) बाटेर
यी चार प्रकृया मध्य नेपालमा गमले टाँसेर कपाल जोड्ने प्रचलन बढी छ । हामीकहाँ सिलाउने कपाल सहजै उपलब्ध नहुने भएकाले गमले टाँसेर कपाल जोड्ने गरिन्छ । बिदेशमा भने कपाललाई सिलाएर जोड्ने चलन बढी छ ।  हामी कहाँ छोटो समयको लागि पार्टी तथा विभिन्न कार्यक्रममा जाँदा क्पिलको प्रयोगले कपाल जोड्ने गरिन्छ । चलचित्रको छायाँकन, मोडलिङ तथा विभिन्न साँस्कृतिक कार्यक्रममा कलाकारले यो प्रकृया प्राय अपनाउँछन् । यो अल्पकालिन प्रकृया हो ।

गमले कपाल जोड्न आवस्यक सामग्री
–             हेयर एक्स्टेन्सन् ग्लू (गम)
–             कचौरामा आबस्यक पानी
–             एक्स्टेन्सन् आईरन
–             कैंची
–             जोडन्को लागि आबस्यक तयारी कपाल
–             काईलो
–             ज्याकपिन
गमले कपाल जोड्ने प्रकृया
–             सुरुमा जोड्ने व्यक्तिको कपाललाई छुट्याउने (पाटसन गर्ने )
–             पार्टेसन गरेपछि कपालमा ज्याकपिन लगाउने ।
–             थोरै थोरै कपालमा जोड्ने कपाल लिएर गम र एक्स्टेन्सन आइरनको सहायताले कपाल जोड्दै जाने ।
–             गम जोडिएको ठाउँमा आफ्नो औंला पानीमा चोप्दै जोडीएको भागलाई राम्ररी थिच्ने ।
–             यसरी कपाललाई एक एक गर्दै जोडिसकेपछि आफ्नो कपाल र जोडिएको कपालको स्वरुप मिलाउन कपाललाई मिलाएर काट्ने ।
–             यसरी जोडिएको कपाल काटेर मिलाएपछि हलुकासँग सेम्पुको प्रयोग गरेर धुने ।

अपनाउनु पर्ने सावधानी
–             जोडेको कपाललाई ठुलो दाँती भएको काइयोले कोर्ने । कोर्दा कपालको जरामा असर नपर्ने गरेर कईयो चलाउने ।
–             धेरै तातो पानीले गम उप्किने हूँदा मन तातो एवँ चिसो पानीले कपाल नुहाउने गर्नु पर्छ ।
–             सेम्पु प्रयोग गर्दा पनि जोडेको कपाललाई एक तर्फबाट बिस्तारै लगाउनु पर्छ ।
–             जोडिएको कपालमा तेल प्रयोग गर्नु हुँदैन । तेलले गमलाई आलो बनाएर कपाल उप्काउँछ ।