जान्वीको अभिनय र फिगर दुबै जिरो ?

धेरै हिरोइनको खबर जब उनीहरुले आफूलाई हट बनाउँछन् अनी मात्र हुन्छ । नत्र, अभिनय, काम, बोलीका कारण त हुने कुरा नै छैन । किनकी, उनीहरुको न अभिनय हुन्छ, न बोलेको कुराले कुनै अर्थ राख्छ, न त अरु नै केही ।

‘सपना तिम्रो मेरो’ की हिरोइन जान्वी बोहराको पनि तरिका उही छ । उनको खबर अरु बेलामा बन्दैन । संचारमाध्यममा जान्वीलाई खबर बनाउने कारण पनि खासै छैनन् । किनकी, उनलाई दर्शकले चिन्ने मौका पाएका छैनन् । जान्वीलाई पनि यो कुरा थाहा छ ।

यही भएर होला, उनी बेला बेलामा हट बनेर खबरमा रहन चाहन्छिन् । भैरे सिनेमाको शुभसाइत कार्यक्रममा अरु हिरोइनले सबै छोप्दा, जान्वीले आधा भन्दा बढी बक्षस्थलको भाग देखाएर क्यामेराको ध्यान तानिन् । एक दुइ दिन उनको खबर पनि बन्यो ।

जान्वी सामाजिक संजालमा क्रेजी छिन् । उनले, राखेको एउटा विकिनी तस्बिरले सायद उनलाई एकपटक राम्रै चर्चा बटुल्न सफल हुन्छ होला । अभिनयमा नजमेकी जान्वी शरीर बनाइरहेको बताउँदै पनि आएकी छिन् । जान्वीको जिरो फिगर मोह पो हो कि । अभिनय र शरीरको फिगर दुबै जिरो पो हो कि ? जे भएपनि खबरमा आउने त हो, जान्वीलाई यो कुरा राम्रैसँग थाहा रहेछ ।