‘भेट भयो तिमीसँग’ सार्वजनिक

‘भेट भयो तिमी सँग ..’ बोलको रोमान्टिक गीतको म्युजिक भिडियो तयार भएको छ  । गीतमा प्रमोद राज न्यौपाने र निशा देसारको आवाज रहेको छ । युरानको शब्द रचनामा सागर किनारले संगीत भरेका छन भने गीतमा संगीत सम्योजन राजन इशानको रहेको छ ।

भिडियोमा मनोज मेहता र रोशना कार्की लाई फिचार्ड गरिएको छ । प्रभु गुरुङको कोरिओग्राफिमा तयार भएको यस भिडियोको छायांकन,  सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका छन ।