‘ठग्स अफ हिन्दुस्तान’ मा २०० करोड लगानी

आमिर खान स्टारर फिल्म ठग्स अफ हिन्दुस्तानको शूटिंगको लागि करिब २०० करोडको हाराहरीमा खर्च भएको छ । सबैभन्दा ज्यादा फिल्मको एक्शन सिनमा खर्च भएको टिमको भनाई रहेको छ । फिल्म इटालीको माल्टा,  थाईलैंड,  जोधपु र गोवा लगायत मल्टिपल लोकेशनमा शूटिंग सम्पन्न भएको छ । देश बिदेश गरेर कुल ४५ जना स्टन्ट परफर्मर,  फाईट कोरियोग्राफर र एक्शन डायरेक्टरहरु हायर गरिएको थियो । कृष्ण आचार्य निर्देशित यस फिल्ममा मोटो लगानी गर्ने प्रोड्यूसर आदित्य चोपडा हुन् ।

एक भारतिय च्यानलका अनुसार फिल्ममा सबैभन्दा ज्यादा एकशन दंगल गर्ल फातिमा  सना शेखको रहेको छ । उनलाई तरवार, घोडासवारी, र भाला आदि सिक्नको लागि कुल चार महिनाको ट्रेनिङ दिईएको थियो भने आमिर खानको दुई महिने शेड्यूल रहेको थियो । फिल्ममा आमिरको दमदार एक्शनलाई दर्शकले हेर्न पाउने भएका छन् । साथै एंग्री म्यान अवतारमा देखिएका अमिताभ बच्चनले पनि दुई हप्ता ट्रेनिङ गरेका थिए । फिल्ममा अमिताभ बच्चनले पनि धेरै जसो स्टन्ट आफैले गरेका छन् । दर्शकले फेरी उनलाइै पुरानो परिचित एङ्ग्री म्यान अवतारमा देख्न सक्ने छन् ।