केकीको स्टाइल उनलाई नै भारी

केकी अधिकारी कोहलपुर एक्सप्रेसको ह्याङबाट बाहिरिन सकेकी छैनन् । केकी अधिकारीलाई यो ह्याङबाट लामो बर्षसम्म उनका फ्यान र दर्शकले पनि बाहिर निस्कन दिने छाँटकाँट छैन । अभिनेत्री केकी अधिकारीले फेसुबक, ट्विटर, इन्स्टाग्राममा एउटा तरिकाको विकास गरेकी छिन् । उनका स्टाटसमा नट फेयर भन्ने शब्द यूज हुन्छ । जस्तो कि, म्यासेस मेरो, वन्ली सिन तिम्रो, नट फेयर ।

हात मेरो, पेनाल्टी तिम्रो, नट फेयर । व्रत मेरो, आयु तिम्रो, नट फेयर । यस्तै यस्तै तरिकाले स्टाटस लेख्दै केकीले यो तरिकाको विकास गरेकी छिन् । तर, उनको यो तरिका नै उनलाई भारी परिरहेको छ । केकीले यस्तो लेख्दा धेरैले गर्ने कमेन्ट रोचक छ ।

धेरैले कमेन्टमा लेख्छन्, कथा भारतको, फिल्म नेपालको, नट फेयर । कतिपयले हिन्दी मुम्बई एक्सप्रेस, नेपाली कोहलपुर एक्सप्रेस, नट फेयर । यो सँगै कतिपयले स्ट्याटस तिम्रो, कमेन्ट मेरो, नट फेयर भन्दै पनि कमेन्ट गरेका छन् ।

तर, केकीले बसाल्न खोजेको यो ट्रेन्ड फिल्म चोरेर बनाउँदा उनलाई नै भारी पर्ने त होइन, कमेन्ट हेर्दा त त्यस्तै देखियो ।