फिल्म ‘१२ मासे’ ट्रेलर सार्वजनिक

जयकिशन बस्नेत स्टारर कमेडी फिल्म ‘१२ मासे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मका लेखक तथा निर्माता प्रदीप पाठक रहेका छन् । फिल्ममा जयकिशनका साथै पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला लगायतको अभिनय रहेको छ ।

फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन रहेको ‘१२ मासे’ लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् । फिल्म भदौ १ बाट प्रदर्शन आउदैछ । फिल्मका निर्देशक लय संग्रौला हुन् ।