आँप जोडीको नयाँ म्युजिक भिडियो

- मेराेफिल्म

पल शाह र आँचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जुन मा राखुँ तिमीलाई बोलको गीतमा प्रदीप ढकाल र निकिता थापाको स्वर,  बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत रहेको छ ।

बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् । अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

२०७५ साउन २ गते १३:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *