‘सुश्री सम्पति’ को ’हुकुम’ मा रोयल लुक

भाद्र २२ मा प्रदर्शन हुने फिल्म ‘सुश्री सम्पति’ युनिटले ’हुकुम’ बोलको गीतको छायाँकन भैरहेको छ । ८० भन्दा बढी कोरस सहित दरबारमा भारदारहरुसंगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । गीतमा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् भने गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् ।

फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस फिल्मको गीतको पाटन दरबार लगायत स्थानहरुमा छायाँकन भईरहेको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।