भारतीय अभिनेत्री रीता भादुड़ीको निधन

भारतीय अभिनेत्री रीता भादुड़ीको मंगलबार १७ जुलाई मुम्बईमा निधन भएको छ । धेरै समय अघि देखि किडनी खराब भएको कारण उपचार गराइरहेकी उनको सोही कारण मृत्यु भएको हो ।

उनि हाल टेलिभिजन शो ‘निमकी मुखिया’ मा काम गरिरहेकी थिइन् । धेरै स्टार कलाकारसंग काम गरि सकेकि अभिनेत्री रीता भादुड़ीले सन् १९७९ मा राजश्री प्रोडक्शनको फिल्मबाट लोकप्रियता कमाएकी थिइन् ।