ह्यापी बर्थडे प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडा १८ जुलाईबाट ३६ बर्ष पुगेकी छिन् । प्रियंका आफ्नो ब्योईफ्रेन्ड निक जोनसका साथ भब्यरुपमा जन्मदिन मनाईरहेकी छिन् । उनीहरु पछिल्लो समय पेरिसमा यो खास दिन सेलिब्रेट गर्न गएका छन् । प्रियंकाले यस दिनलाई लिएर निकै एक्साईटेड हुदै केकको फोटो शेयर गरेकी छिन् । केकमा ह्याप्पी बर्थ डे प्रियंका लेखिएको हेर्न सकिन्छ । उक्त केक मुंबईको एक मशहूर बेकरी शपले प्रियंका र उनको कुकुर डायनाको लागि स्पेशल बनाएका हुन् । कपकेक निकै स्वादिष्ट देखिन्छ ।
रिपोर्ट अनुसार प्रियंका जन्मदिन मनाए लगत्तै दुई दिन पछि मुंबई फर्किने छन् । मुंबई फर्के पस्चात उनले भारत फिल्मको शूटिंग शुरु गर्नेछिन् । उक्त फिल्ममा उनी सलमानको अपोजिटमा देखिदै छिन् । साथै फिल्ममा दिशा पाटनीको पनि दमदार अभिनय रहने छन् । यसको साथै उनले फिल्म द स्काई इज पिंक को शूटिंग पनि सुरु गर्ने भएकी छिन् । फिल्ममा उनका साथ फरहान अख्तर देखिने भएका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया