सलोन अब एक्लै नआउने कि ?

अभिनेता सलोन बस्नेत भएपछि नाम चलेका हिरो छायाँमा पर्छन् । हो पनि ।

अनमोल केसी, सलिनमान बनियाँ, आशिरमान देशराज जोशी जस्ता हिरोको अभिनय त सलोनको अघि कमजोर देखियो । सलोन राम्रो अभिनय गर्ने कलाकार हुन् । तर, सलोन बस्नेतलाई खै के भएको छ कुन्नी ? सलोन बस्नेत अरु हिरोसँग आउँदा हिरोलाई नै छायाँमा पार्छन् । तर, आफू एक्लै आउँदा आफै छायाँमा पर्छन् ।

सलोनको होम प्रोडक्शन बाबु कान्छा फिल्म मल्टिप्लेक्समा त १ दिन पनि टिकेन । सलोनले नै काम गरेका ए मेरो हजुर २, होस्टेल, गाजलु लगायतका फिल्मले मल्टिप्लेक्समा बम्पर कमाई गरेको होइन त ? उसो भए सलोन बस्नेतको बाबु कान्छा किन चलेन त ?

सलोन बस्नेतलाई दर्शकले एक्लै आउँदा पत्याएका छैनन् । अरु हिरोसँग आउँदा हाबी हुने सलोन आफू एक्लै आउँदा हावा हुन्छन् । यही भएर पनि सलोन बस्नेत अब एक्लै नआउने पो हो कि ? अरु  हिरोसँग जोडिएर आउँदा नै फाइदा हो कि ? फिल्म रिलिजको क्रमले त यही नै देखाएको छ , होइन र ?