बन्ला त कपिल शर्माको बायोपिक ?

सञ्जय दत्तको बायोपिक सञ्जुको सफलता पस्चात पछिल्लो समय बलिउडका निर्माता तथा निर्देशकहरु बयोपिक निर्माणको पछाडि कुदिरहेका छन् । यसै बिच एक निर्देशक कमेडियन कपिल शर्माको बायोपिक बनाउन लागेका छन् । उनले बायोपिकको नाम पनि जुराइसकेका छन्, कपिल शर्माज रियल स्टोरी । सञ्जु हेरिसकेपछि अफूलाई कपिलमाथि बायोपिक फिल्म निर्माण गर्ने आईडिया फुरेको बताउँछन् । उनले यसमा कपिल स्वयमलाई अभिनय गराउन चाहेका थिए । तर, सफल भएनन् । तिवारीले भने मैले कपिललाई प्रस्ताव गरे, तर उनले वास्ता नै गरेनन् । कपिलको रोलको लागि उनको दोस्रो च्वाईस थिए अर्का कमेडियन कृष्णा अभिषेक ।
कपिल र कृष्णा प्रतिस्पर्धि पनि मानिन्छन् । तिवारीले कृष्णालाई यो रोलको लागि अफर गरे, तर उनले पनि अस्वीकार गरिदिएका छन् । उनले सुरुमा रुची देखाएका थिए, तर, के कारणले हो एकाएक मुड चेन्ज गरे, तिवारीले भने । अब उनी अर्कै कलाकारको खोजीमा लागेका छन् । अब कुनै नयाँ कलाकारलाई लिने उनको सोच रहेको छ । पछिल्लो समय कपिल विभिन्न विवादमा मुछिएका छन् । आफ्नो शोमा अतिथिहरु बोलाएर सुटिङ क्यान्सिल गरेको, रक्सीले मातेर साथीहरुलाई गाली गलौज गरेको, सम्पादकलाई फोन गरेर थर्काएको, डिप्रसनमा परेको जस्ता समाचारहरु उनका बारेमा आएका छन् । ‘कपिल कसरी एक सर्वसाधारणबाट सुपरस्टार भए म देखाउन चाहन्छु । उनको जीवनबारे नकारात्मक चित्रण गर्नुपर्ने कुरा केही पनि छैन ।’ निर्माता भन्छन ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया