तीज गीत ‘घिनघिन मादल घन्काउदै’ सार्वजनिक

सीतल आचार्य र रिता बुढाथोकीको आवाज रहेको तीज गीत “घिनघिन मादल घन्काउदै” सार्वजनिक भएको छ । ‘आमा जस्तै छिन मेरी सासु, दिदी जस्ती जेठानी पाकी छु, स्वर्ग जस्तो यो मेरो घरछ, आउदिन माइत भनी सन्देश पठाछु…’ गीतको शब्दले घर र माइती मा फरक नभएको कुरा देखाउन खोजिएको छ । गीतमा क्षितिज आर सि कोइरालाको शब्द, बि बि अनुरागिको संगीत रहेको गीतमा साउन्ड मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ।

मौसम हिमालिको निर्देशानमा गायिका सीतल आचार्यको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नबिन घर्ति मगरको रहेको छ।