बलिउडमा जमेका पाकिस्तानी कलाकार

डुक्पा ल्होमी – भारत र पाकिस्तान दुई दुस्मन देश हुन् भन्दा फरक नपर्ला । राजनैतिक रुपमा मतभेद रहेता पनि यी दुई देश बिच कला र संकृतीको मेल भने पक्कै छ । पाकिस्तान र भारत यी दुई देशका गहना अर्थात कलाकारहरुमा मित्रताको भाव भने झल्किँदो पाईन्छ । किनभने पाकिस्तानी कलाकारहरुको बलिउडमा डेब्यू गर्ने क्रम बड्दो छ । र, बलिउडका कलाकारहरुले पनि उनीहरुलाई साथ दिई नै रहेका छन् ।

यसले गर्दा दुई दुस्मन देशका साझा मित्र कलाकारहरु भने जन्माउन मद्धत गरेको छ । बलिउडमा सकृय रहेका पाकिस्तानी कलाकारहरु धेरै छन् । पाकिस्तानको फिल्म उद्योग सानो भएकाले त्यहाँका आशालाग्दा कलाकारहरु बलिउड डेब्यू गर्न बाध्य छन् । पाकिस्तानीहरुलार्ई केही भारतिय उग्रवादीहरुले लखेट्नुपर्ने माग गर्दै आएपनि पाकिस्तानी कलाकारहरुको उपस्थिती बलिउडमा झन् बाक्लो हुँदै गएको छ ।

को को हुन त ती पाकिस्तानी कलाकार जो बलिउडमा सकृय छन् ?

माहिरा खान

फिल्म रईस मार्फत बलिउड डेब्यू गरेकी नायिका हुन माहिरा खान । उनले रईसमा बलिउडका बादशाह शाहरुख खानसँग रोमान्स गरेकी छिन् । बलिउड डेब्यू गर्नु पुर्व उनले पाकिस्तानी फिल्म ‘बोल’ मार्फत फिल्ममा डेब्यू गरेकी थिईन । उनले नियत, हमसफर, कोके काहानी, मोल, बिन रोए, अन्सु जस्ता सिरियलहरुमा काम गरिसकेकी थिईन । उनी हम स्टाईल अवार्ड, लक्स स्टाईल अवार्ड, पाकिस्तान मिडीया अवार्ड, निगर अवार्ड जस्ता पुरस्कारले पुरस्कृत भैसकेकी छिन् । उनले २०११ मा अली अस्कारेसँग डिभोर्स गरेकी थिइन् भने उनीहरुको एउटा छोरा अलिजान छन् । उनी पढ्न र गीत सुन्न मन पराउँछिन् । हाल उनी कराँचीमा आफ्नो परिवारका साथ बस्दै आएकी छिन् ।

आतिफ अस्लाम

पछिल्लो समय बलिउडमा राज गरिरहेका गायक हुन् आतिफ अस्लाम । उनले आफ्नो पहिलो गीत ‘आदत’ आफ्नै पकेट मनी बचाएर रेकर्ड गरेको थिए भने उनले सन् २००४ मा आफ्नो पहिलो एल्बम ‘जलपरी’ सार्वजनिक गरेका थिए । जलपरी भित्र समाबेश सबै गीतहरु निकै हिट भए । गीतहरु हिट भएसँगै आतिफ पनि एकाएक हिट हुन थाले । जलपरिको सफलता पस्चात उनले ‘दुरी’ र ‘मेरी काहानी’ जस्ता एल्बमहरु रिलिज गरे । उनको चर्चा बलिउडमा मात्र नभएर हलिउडमा पनि हुन थालेको छ । उनले हलिउड फिल्म ‘मेन पुस कार्ट’का लागि ३ ओटा गीत रेकर्ड गरिसकेका छन् । उनी मार्च २०१३ मा गर्लफ्रेण्ड सारासँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको एउटा छोरा छन् । उनले पेहिली दफा, मे रङ्गो सर्ब दा, जिना जिना, तु जाने जा, पिया ओ रे पिया लगायत दर्जनौँ हिट गीतहरु दिएका छन् ।

अलि जफर

बहुप्रतिभाशाली पाकिस्तानी अभिनेता हुन अलि जफर । बहुप्रतिभाशाली यस अर्थमा कि उनी पेन्टर, म्युजिसियन, कम्पोजर, गायक, गीत लेखक, म्युजिक डाईरेक्टर, मोडल आदि हुन् । उनले फिल्म ‘तेरे बिन लादेन’ मार्फत पाकिस्तानी फिल्म उद्योगमा डेब्यू गरेका थिए भने ‘किल दिल’ मार्फत बलिउडमा पाईला टेकेका हुन् । उनी कम्प्यूटर गेमहरु खेल्न निकै रुचाउँछन् । उनी श्रीमती आएशा फजिल र छोरा अजान जफरका साथ पाकिस्तामा बस्दै आएका छन् ।

फवाड खान

‘खुदा के लिए’ नामक पाकिस्तानी फिल्म मार्फत डेब्यू गरेका नायक हुन फवाड खान । उनले बलिउडमा भने सन् २०१४ मा फिल्म ‘खुबसुरत’ मार्फत डेब्यू गरेका हुन् । उक्त फिल्ममा उनले सोनाम कपूरसँग रोमान्स गरेका थिए । उनी केहि समय अघिमात्र ‘ए दिल ए मुस्किलमा’ देखिएका थिए । हाल उनी श्रीमती सादफ खान, छोरा अयान र छोरी एलेनाका साथ पाकिस्तानमा बस्दै आएका छन् ।

सवा कमर

सबा कमर पाकिस्तानी अभिनेत्री, मोडल, टिभी एङ्कर हुन् । उनले बलिउडमा फिल्म ‘हिन्दी मिडीयम’ मार्फत डेब्यू गरेकी हुन् । बलिउड डेब्यू गर्नुभन्दा अगाडी उनले टिभी सिरियल ‘मे उरात हु’मा काम गर्थिन । उनी योगा, नाच्न, पढ्न मन पराउँछिन् । उनी ३३ बर्षकी भईन । खबर अनुसार उनी हम्जा अलि अब्बासका साथ डेट गरिरहेकी छिन् ।

राहत फतेह अली खान

राहत फतेह अली खान पाकिस्तानी गायक हुन जसले पछिल्लो समय बलिउडमा तहल्का मच्चाई रहेका छन् । बलिउडमा उनलाई चर्चित प्ले ब्याक सिङ्गर मानिन्छ । उनी स्वरबद्ध गीतहरुले बलिउडमा चर्चा बटुल्ने गर्दछ । सुमधुर आवाजका धनी उनले सन् २००३ मा ‘पाप’ नामक फिल्मको ‘मन कि लगन’ बोलको गीत मार्फत बलिउड डेब्यू गरेका थिए । उनका गीतहरु सार्वजनिक भए लगत्तै कुनै न कुनै अवार्डमा नोमिनेट भईनैहाल्छन् । त्यसैले उनी सयौँ पुरस्कारहरुले पुरस्कृत भैसकेका छन् । तेरे मस्त मस्त दो नेन्, तेरी मेरी, जग घुमिया, मेरे रस्के कमर लगायत दर्जनौँ सुपरहिट गीत उनले गाइसकेका छन् ।

मवारा हुसेन

मरा होकान बलिउड डेब्यू गर्नुभन्दा पहिला भिजे थिईन । उनी भिजे मात्र नभएर पाकिस्तानी सिरियलहरुमा पनि अभिनय गर्थिन् । उनले आसिता आसिता , एक तमन्ना लाहासिल सि, निखर गए गुलाब जस्ता पाकिस्तानी सिरियलहरुमा काम गरेकी थिई । उनले बलिउडमा रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ मार्फत डेब्यू गरेकी थिईन् भने उनले दोस्रो बलिउड फिल्म भने गरेकी छैनन् । हाल उनी पाकिस्तानमा आफ्नो परिवारसँग बस्दैछिन् ।

अदिल चौधरी

फिल्म ‘किस्मत कनेक्सन’ मार्फत बलिउडमा डेब्यू गरेका पाकिस्तानी नायक हुन् अदिल चौधरी । किस्मत कनेक्सन पस्चात उनले दुई बलिउड फिल्म गरिसकेका छन्, हरर जनराको फिल्म ‘भानग्र’ र म्युजिकल लब स्टोरी ‘रायम’ । उनले एक कमर्सियल एडमा शारुख खानसँग काम गर्ने मौका पनि पाएका थिए । बलिउड डेब्यू गर्नुभन्दा अगाडि उनी पाकिस्तानी सिरियल ‘ये जिन्दगी हे’मा का गर्थे भने उनले दुईवटा स्टुडियो संचालन गरिरहेका छन् ।

जाभेद सेख

पन्जाबी परिवारमा जन्मेका जाभेद सेख पाकिस्तानी एक्टर, डाईरेक्टर, प्रोड्यूसर हुन् । उनले १०० को हाराहारीमा पाकिस्तानी फिल्महरु गरिसकेका छन् । उनले पहिलो पटक पाकिस्तानी फिल्म ‘मुस्किल’ निर्देशन गरेका थिए भने ‘ए दिल आप का हुआ’ मा साईड रोलमा देखिएका थिए । उनले सन् २००५ मा फिल्म ‘शेखर’ मार्फत बलिउडमा डेब्यू गरे । फिल्म शेखर पस्चात उनले फिल्म ‘जानेमन’, ‘नमस्ते लन्डन’, ‘ओम शान्ति ओम’, ‘जनत’, ‘तमासा’ जस्ता फिल्महरुमा आफ्नो दमदार अभिनय देखाईसकेका छन् । हाल उनी पाकिस्तानमा आफ्नो परिवारका साथ बस्दै आएका छन् ।

अली खान

हलिउडमा समेत काम गरिसकेका पाकिस्तानी एक्टर तथा होस्ट हुन् अली खान । उनले माईकल विईन्टर बटम निर्देशित हलिउड फिल्म ‘अ माईटी हार्टमा’ र जेफ्री निर्देशित ‘ट्राईटर’ मा आफ्नो अभिनय देखाईसकेका छन् । उनले फरान अख्तार निर्देशित फिल्म ‘डन २’ मार्फत बलिउडमा पाईला टेकेका हुन् ।

ईमरान अब्बास

पाकिस्तानी एक्टर तथा मोडल हुन् ईमरन अब्बास । उनले मेरा नसिब, दिल ए मुजतर, अलविदा, तुम कन पिया जस्ता पाकिस्तानी टिभी सिरियलहरुमा आफ्नो अभिनय देखाईसकेका छन भने रोमान्टिक पाकिस्तानी फिल्म ‘अन्जुमान’ फिल्म समेत गरिसकेका छन् । अब्बासले हरर फिल्म ‘क्रेचर’ मार्फत बलिउड डेब्यू गरेका हुन् । फिल्ममा उनले बिपशा बासुसँग स्क्रिन शेयर गर्ने मैका पाएका थिए । उक्त फिल्मबाट उनले बेस्ट मेल डेब्यूट एक्टरको उपाधि समेत हात पार्न सफल भएका थिए ।

माथि उल्लेखित केही प्रतिनिधी कलाकारहरु मात्र हुन् जो पछिल्लो समय बलिउडलाई आफ्नो कर्म थलो बनाएर बसेका छन् । उनीहरु बाहेक रसिद नाज, शेरोज सुपवारी, मोहम्मद अलि, सलमान साहिद, मोअमर राना, मोसिन खान लगायत अन्य दर्जनौँ पाकिस्तानी कलाकारहरु बलिउडमा सकृय छन् ।