आलियालाई भेट्न घरैमा पुगे रणवीर

यि दिनहरुमा रणवीर कपूर निकै चर्चामा छन् । एक तर्फ सञ्जय दत्त बायोपिक फिल्म सञ्जुको कारण भने अर्का तर्फ प्रेमका कारण । उनी अभिनित फिल्म सञ्जुले निकै आकर्षक व्यापार गरेको छ भने उनी बलिउड नायिका आलिया भाटसँग प्रेममा छन् । पछिल्लो समय उनीहरुको प्रेमले बलिउड तताईरहेको छ ।

फेरी एक पटक रणवीर कपूर र आलिया भाट एकैसाथ देखिएका छन् । उनीहरुको यो भेट अलि बिशेष रहेको छ किनभने यसपालि रणवीर अलियालाई भेट्न उनको घरमै गएका छन् । उनले आलियाको पिता महेश भाटलाई पनि भेटेका छन् । रणबीर र आलिया फिल्म ब्रहमास्त्रको सेटमा नजिक भएका हुन् । त्यहिबाट यि दुई जनाको अफेयर सुरु भएको हो । अयान मुखर्जी निर्देशित उक्त फिल्म आगमी बर्ष रिलिज हुने भएको छ । फिल्ममा दर्शकले अमिताभ बच्चनलाई पनि देख्न पाउने छन् ।