‘निर्जला’ को ‘भाले मोटर’ (भिडियो)

फिल्म ‘निर्जला’ को ‘भाले मोटर’ बोलको गीत सार्वजनिक गरिएको छ । बाबुल गिरीको संगीत रहेको गीतमा बाबुल गिरी, दिनेश सुवेदी र राम रुवालीको शब्द रहेको छ । गीतमा सलिल सुन्दर तुलाधर र सबनम आचार्यले आवाज दिएका छन् । भिडियोमा फिल्मका मुख्य कलाकार किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा फिचर्ड छन् ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ । फिल्म लभ, कमेडी र एक्सन मिक्स गरि बनाइएको छ ।

राजु गिरीको निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । फिल्ममा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध,  कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

फिल्म निर्माण यूनिटले गीत सार्वजनिक गरेसँगै यस गीतको कभर भिडियो प्रतियोगिता समेत आयोजना गरिनेछ । प्रतियोगी भिडियोबाट उत्कृष्ट हुनेलाई नगद रु. पचास हजार र दोश्रो हुनेलाई नगद रु. बिस हजार प्रदान गरिने समेटा निर्देशक राजु गिरीले बताए ।