तीजमा अनु शाहको ६० हजारको साडी (भिडियो)

कुसुम दाहाल भट्टराईको तीज गीत ‘६० हजारको साडी’ सार्वजनिक भएको छ । दिग्गज धौरालीले लेखेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

‘६० हजारको साडी’ बोलको गीतमा अभिनेत्री तथा मोडल अनु शाहले मोडलिङ गरेकी छन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् ।