फिल्म ‘झमक बहादुर’ सेन्सर फुकुवा

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को सेन्सर फुकुवा भएको छ । अपहरण र सुन तस्करीको कथा उठेको भन्दै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको सेन्सर रोकेको थियो । कुनै पनि दृश्य नकाटि केहि ठाउँमा ‘म्यूट’ गर्न निर्देशन दिदै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो । तर १६ वर्ष उमेर मुनीका दर्शकले यो फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । ट्रेलर रिलिज भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कपी रहेको भन्दै चर्को आलोचना भइरहेको छ ।
कमेडी विधामा निर्माण भएको फिल्ममा अनुप बिक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्यान अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । फिल्ममा भोमन कटुवालको निर्देशन, कल्याण अधिकारीको कथा र पवन गौतमको छायांकन रहेका छ । फिल्मलाई मिन कुमार तमाङले निर्माण गरेका हुन्, भने अनिल कुमार महर्जनको सम्पादन रहेको छ । फिल्ममा जीवन थापा, राजन, सलिना लगायतको कोरियोग्राफी रहेका छन् । फिल्म दियालो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया