जगतमर्दन थापा र उषा मंगेशकरको ‘म पतझड तिमी मधुमास’

गायक जगतमर्दन थापाको चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिक भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार चलचित्र निर्देशक चेतन कार्कीको सभापतित्वमा एल्बम सार्वजनिक गरिएको हो ।
एल्बम ‘म पतझड तिमी मधुमास’ लाई मोहित मर्दन थापाले निर्माण गरेका हुन् । एल्बमभित्र मायालु नयनको इशारा, सपनीमा रुवाउँछ, धुवाँजस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियो जस्ता गीतहरु रहेका छन् । एल्बममा गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगत मर्दन थापा, सहदेव ढुंगाना र मोहित मर्दन थापा रहेका छन् भने मदनसिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ ।
कार्यक्रममा उषा मंगेशकर र गायक थापाको स्वरमा रहेको म पतझड तिमी मधुमासको सार्वजनिक गरिएको थियो । दिनेश डिसीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री सञ्चिता लुइँटेल, विशाल पहाडी लगायतको अभिनय रहेको छ । गोपाल आर क्षेत्रीको छायाँकन रहेको भिडियोमा माधव बेल्बासेको सम्पादन रहेको छ ।
कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, रत्नशमशेर थापा, राजेन्द्र थापा, विश्व बल्लभ, श्रीपुरुष ढकाल, उन्नती शीला बोहरा, वरिष्ठ गायक प्रेमध्वज प्रधान, रामेश श्रेष्ठ, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, शक्ति बल्लभ, राजु सिंह लगायत गीतसंगीत क्षेत्रका करिब ६ सय विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम म्यूजिक खबरको आयोजनामा भएको थियो ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया