कसले दियो होला किशोरलाई ३ लाख ?

रेखा थापाको फिल्ममा हिरो बनेर देखिने गरेका किशोर खतिवडालाई दर्शकले खासै चिन्दैनन् । धेरै सिनेमा अनावश्यक रुपमा खेलेका कारण उनलाई मन पराउनेहरुको संख्या बन्न नसकेको हो । कति फिल्म त हिट भएपनि किशोरलाई दर्शकले रुचाएको देखिन्न । किशोरका सिनेमा आएको र गएको नै दर्शकले थाहा पाउँदैनन् ।

किशोर कही कतै र निर्जला फिल्मको माध्यमबाट दर्शकमाझ आउन लागेका छन् । सिनेमा चल्दिएको खण्डमा उनलाई फाइदा नै हुन्छ । किशोरले अहिले कति पारिश्रमिक लिएर काम गर्छन् होला ? किशोरलाई मात्र लिएर त निर्माताले उनलाई दिएको पारिश्रमिकको शेयर पनि पाउँदैनन् होला  ।

किशोरले आफूले ३ लाख पारिश्रमिक लिने गरेको बताए । ३ लाख पारिश्रमिक लिएर फिल्म खेल्ने गरेको र अहिले जग्गाको मुल्य आनाको २५ लाख पर्न थालेको किशोरले पत्रकारलाई सुनाएका थिए । यसैले धेरै सिनेमा खेल्नु परेको किशोरको कुरा छ ।

तर, किशोर खतिवडाले ३ लाख लिन्छु भनेर आफ्नो पारिश्रमिक बढाउन खोजेका त होइनन् ? नत्र, किशोरलाई ३ लाख पारिश्रमिक दिने निर्माता को होलान् ?