डिमाण्डेड बन्दा थन्किइन् एलिसा

लैजाउ घुमाउन मलाई ठमेल बजार गीतले बजार तताउँदा यसमा आइटम गरेकी एलिसा राइलाई पच्छ्याउनेको संख्या बढेकै हो । एलिसा राइले फिल्ममा पनि काम गरेकी छिन् । यो गीत सार्वजनिक भएपछि एलिसा राइलाई चिठ्ठा परे जस्तै भएको थियो । दिन दुइ गुणा रात चार गुणा सफलता उनले पाएकी पनि हुन् । तर, एलिसा राइले आफू अत्यन्त डिमाण्डेड भएको सोचिन् क्यारे ।

उनले, यसपछि भने भिडियोमा उच्च पारिश्रमिक माग्न थालिन् । त्यही भएर होला ठमेल बजार घुमाइदेउ भन्दै आग्रह गर्दा पाएको उचाई चाडै नै जमिनमा बजारियो ।

अहिले एलिसा राइको नाम सुन्न मुश्किल छ । भिडियोमा पनि उनलाई पहिलेको जस्तो देखिएको छैन । एलिसा भने आफ्नो पढाइलाई ध्यान दिन परेकाले काममा व्यस्त हुन नपाएको बताउन थालेकी छिन् । तर, पारिश्रमिक धेरै माग्न थालेकाले उनलाई भिडियोमा काम पाउन गाह्रो भएको गाँइगुँइ छ ।

एलिसालाई सफलता बचाउन गाह्रो परेकै हो त ?