बेनिशालाई अष्ट्रेलिया मन पर्यो वा कंगारु ?

दिपेन्द्र घिमिरे : अष्ट्रेलियालाई कंगारुको देश पनि भनिन्छ । हिरोइन बेनिशा हमाललाई कंगारु मन पर्यो वा अष्ट्रेलिया थाहा भएन । तर, उनलाई दोश्रो पटक त्यहाँ पुग्दा मन भरिएको छैन । अष्ट्रेलियामा आयोजना भएको सप्तपरी कार्यक्रममा सहभागी हुन नेपाली फिल्ममा ७ जना कलाकर्मी अष्ट्रेलिया पुगेका थिए ।

उनीहरु अष्ट्रेलियामा ४ दिन बसे । अभिनेत्रीहरु बर्षा राउत, स्वस्तिमा खड्का, बेनिशा हमाल, गायिका रजिना रिमाल, श्रृष्टी केसी लगायत अष्ट्रेलिया पुगेका हुन् । उनीहरु नेपाल फर्किसकेका छन् । तर, अभिनेत्री बेनिशा हमाल भने कंगारुको देशमा नै छिन् । उनले, पहिलो पटक अष्ट्रेलिया पुग्दा मन नभरिएको बताएकी पनि थिइन् ।

बेनिशा नेपाली फिल्ममा व्यस्त छैनन् । बर्षा, स्वस्तिमालाई भ्याई नभ्याई छ । यसैले उनीहरु मन भएर पनि नेपाल फर्किए ।  बेनिशालाई अष्ट्रेलिया मन पर्यो कि कंगारु कि अरु नै ?