नायिका खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा

पछिल्लो समय नेपालमा सामाजिक संजालको उपयोग भन्दा पनि दुरुपयोग बढ्दै गएको छ । सामाजिक संजालको प्रयोग गरेर नकारात्मक र भ्रामक सामाग्रीहरुको प्रचार गर्नु सामान्य बन्दै गएको छ । सामाजिक संजालका फेक आइडी बनाउने अनि चरित्र हत्या गर्ने देखि कुरिती भित्राउनेहरुको कमि छैन यहाँ ।

त्यही सामाजिक संजालको प्रयोग गरेर एक व्यक्तिले एक नायिकाको चरित्र हत्या गर्न खोजेको घटना बाहिरिएको छ । कुरा नायिका खुश्बु खड्का र आफुलाई निर्देशक बताउन दिपेश थापा मगरको हो ।

केही दिन आगाडी देखि नायिका खड्कालाई भिडियो खेलाउनेभन्दै रेगुलर फलो गरिरहेका मगरले आफ्नो प्रस्ताव नायिका खड्काले नमानेको झोकमा आफ्नो फेसबुक वालमा नायिका खड्का र समग्र कलाकारहरुलाई गालि गर्दै एक स्टाटस पोस्ट गरेका थिए । उनले ‘नेपाली कलाकार कसको कती औकात छ भनी रहनु पर्दैन खुश्बु खड्का जी’ भन्दै स्टाटस पोस्ट गरेका थिए । इन्बक्समा समेत नानाथरी गालि गलौज र पारिवारिक कुराहरु गर्न थालेपछि खड्काले मगर बिरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगेर साइक्राइबमा निवेदन दिएकी थिइन् ।

नायिका खड्काले यस बिषयमा बोल्दै भनिन्,  ‘तिम्रो रेट फलानोकोभन्दा महङ्गो रहेछ, तिम्रो बा आमा के गर्छन् मलाई थाहा छ भन्दै मेरो र परिवार समेतको चरित्र हत्या गर्न खोज्नु भएको थियो ।  उहाँले पटक पटक नकारात्मक तरिकाले लेख्दै आएपछि मलाई सैय भएन अनि निवेदन दिएको थिएँ ।’ खुश्बुले भनिन्, ‘अहिले उहाँले माफी मागी सक्नु भयो । अब सायद कसैको पनि चरित्र हत्या गर्ने ध्ययको काम/ कुरा गर्नु हुँदैन होला’ ।

उक्त निवेदनको आधारमा प्रहरीले निर्देशक थापालाई अनुसन्धानका लागि बोलाएपछि नायिका खड्कासमक्ष आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् । थापाले आफूले गल्ती गरेको र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै प्रहरीसमक्ष माफी माग्दै मैले लेखेको कुराले परिवारको मानमर्यादा माथि आँच आएको भन्दै निर्देशक थापाले गल्ती स्वीकार गरेका थिए ।