फ्राइडे रिलिज : ‘कायरा’ र ‘झमक बहादुर’

पछिल्लो समयकी चल्तीकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । प्रतिक्षित मानिएको यस फिल्म लभ स्टोरी जनरामा निर्माण भएको छ । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यन सँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

अनुप बिक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ पनि शुक्रवारबाट रिलिज भएको छ । कमेडी जनराको फिल्ममा अनुप बिक्रम शाहीसँगै यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्यान अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

फिल्ममा भोमन कटुवालको निर्देशन, कल्याण अधिकारीको कथा र पवन गौतमको छायांकन रहेका छ । फिल्मलाई मिन कुमार तमाङले निर्माण गरेका हुन्, भने अनिल कुमार महर्जनको सम्पादन रहेको छ । फिल्ममा जीवन थापा, राजन, सलिना लगायतको कोरियोग्राफी रहेका छन् । फिल्म दियालो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।