२ बर्षपछि आइन्, २ दिनमै गइन् श्रृष्टी

- मेराेफिल्म

गाजलु रिलिज भएको जेठ महिनामा २ बर्ष पुरा भयो । अभिनेत्री श्रृष्टी श्रेष्ठलाई हलमा हेर्न दर्शकले २ बर्ष २ महिना प्रतिक्षा गरेका थिए । श्रृष्टीको २ बर्षपछिको प्रतिफल मिठै हुन्छ भन्ने पनि दर्शकलाई लागेको थियो । ‘रोमियो एन्ड मुना’ रिलिज अघि त श्रृष्टीलाई पनि यस्तै लागेको थियो होला । तर, रिलिज भएपछि उनी झल्यास्स भइन् । किनकी, लामो ग्याप बस्दा दर्शकले प्रतिक्षा गर्ने होइन, विर्सदा रहेछन् ।

साउन ११ गते रिलिज भएको रोमियो एन्ड मुना साउन १३ गतेसम्म आइपुग्दा धेरै हलबाट उत्रियो । दर्शकले फिल्म आएको र गएको थाहा पाएनन् । श्रृष्टीका लागि यो फिल्म चल्न आवश्यक थियो । तर, श्रृष्टीको चाहना पुरा भएन । अभिनेता सौगात मल्लसँगको प्रेम त चल्यो तर श्रृष्टीको फिल्म चलेन ।

२ बर्षपछि आएकी श्रृष्टी २ दिनमै हलबाट उत्रिइन् । अब, श्रृष्टीले आफ्नो करिअरको बारेमा केही नयाँ सोच्ने हो कि ?

२०७५ साउन १८ गते १६:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *