बलिउडमा बायोपिकको होडबाजी, पालो सानिया मिर्जाको

पछिल्लो समय बलिउडमा बायोपिक निर्माणको क्रमले तिब्रता लिएको छ । एक किसिमको होडबाजी नै चलेको छ बायोपिक निर्माणका लागी । यसैबिच चर्चित भारतीय टेनिस खेलाडी सानिया मिर्जाको बायोपिक बन्ने भएको छ । मिर्जाको बायोपिक निर्मात्री रानी स्क्रुवालाले बनाउन लागेकी हुन् । यसका लागि उनले सानियासँग सहमति पनि भैसकेको भारतीय मिडियाहरुले लेखेका छन् । हाल फिल्मको स्क्रिप्टको काम भैरहेको बायोपिकका लागी निर्देशकको खोजीकार्य भैरहेको छ । निर्देशकको टुंगो लागेपछि कलाकारहरुको छनोट गरिनेछ ।

यो फिल्ममा सानियाको टेनिस करिअर तथा व्यक्तिगत जिवनलाई प्रस्तुत गरिनेछ । सानियाले पाकिस्तानी क्रिकेट खेलाडी सोयब मल्लिकसँग बिहे गरेकी थिइन् । पाकिस्तानी नागरिकसँग बिहे गरे पनि उनले टेनिसमा भने भारतकै प्रतिनिधित्व गर्दै आएकी छन् ।