क्यान्सर पिडित बलिउड अभिनेता ईरफान खान खतरा मुक्त

बलिउड अभिनेता ईरफान खानलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक क्यान्सर भएको छ । हाल अमेरिकामा उपचारार्थ रहेका ईरफानले एक अन्तर्वार्ताको क्रममा आफुलाई क्यान्सर भएको र ४ राउन्ड किमो लिईसकेको बताएका छन् । उनले अझै दुई राउन्ड किमो लिन बाँकी रहेको समेत उक्त अन्तर्वार्तामा बताएका छन् । ईरफानको उपचारमा संलग्न चिकिस्सकहरुका अनुसार उनी हाल खतरा मुक्त रहेका छन् ।

सुरुमा आफूलाई यस्तो रोग लागेको थाहा पाउँदा बाँच्ने आशा नै समाप्त भएको उनले बताएका छन् । उनले भने, ‘मलाई अब म मर्दैछु भन्ने लागेको थियो । तर, सास रहुञ्जेल आशा हुन्छ नै । त्यसैले उपचार प्रक्रिया जान तयार भएँ । यसैको नतिजा हो कि मेरो अवस्थामा सुधार आएको छ । तर, मलाई अझै पनि लाग्छ कि मेरो आयू त्यति लामो छैन । म भविष्यको बारेमा अत्याधिक योजनाहरु बनाउँथे । त्यसको कुनै अर्थ नहुँदो रहेछ । जिन्दगीले कसलाई कतिबेला कहाँ पुर्याउँछ थाहा नहुँदो रहेछ । अब आईन्दा भविष्यको योजना बनाउन छोड्नेछु । पहिलेभन्दा फरक तरिकाले बाँच्ने छु’ उनले अन्तर्वार्तामा भनेका छन् ।