फिल्म ‘प्रेमचरी’ निर्माण घोषणा

- मेराेफिल्म

एस बि आर फिल्म्स र आई स्टार इन्टरनेसनल फिल्मसको ब्यानरमा फिल्म ‘प्रेमचरी’ निर्माण हुने भएको छ । निर्देशक बिचल किरातीको निर्देशनमा तयार हुने यस फिल्ममा चन्द्र भट्टराईको कथा रहेको छ भने फिल्मलाई संजय श्री र मोनिका कुमारी ठाकुरले निर्माण गर्नेछन् । प्रेम कथामा बन्न लागेको यस फिल्ममा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना ओली, संजय श्री र मनमोहन ठाकुर (दिलिप) को मुख्य भुमिका रहनेछ ।

फिल्ममा ओम सुनारको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, पवन गौतमको छायाङ्कन, रेवन्त थापाको द्वन्द रहने छ । शुक्रबार फिल्मको औपचारिक निर्माण घोषणासँगै शुभ मुहूर्त गरिएको हो । फिल्म आगामी भाद्र १ गते बाट फ्लोरमा जाने छ ।

२०७५ साउन १८ गते १६:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *