फिल्म ‘पञ्चायत’ कतार, युएई र अस्ट्रेलियामा

नायिका नीता ढुंगाना अभिनित फिल्म ‘पञ्चायत’ कतार सहित अष्ट्रेलिया र युएईको विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा अगस्ट ३ तारिक कतार स्थित एसियन टाउन फिल्म हलमा साँझ ३ बजे फिल्मको शो हुनेछ । उक्त शो बाट उठेको रकम मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने निर्माता सुसान्त कुमार श्रेष्ठले बताएका छन् ।

त्यस्तै अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि फिल्म ‘पंचायत’ को प्रदर्शन हुँदैछ । अस्ट्रेलियाको प्रदर्शन बाट उठेको केहि रकम सामाजिक कार्यमा लगाउने फिल्मका प्रस्तुतकर्ता गणेश गिरी जानकारी दिए ।

चेपाङ बालबालिकाहरुको सहयोगार्थ युएईको विभिन्न शहरमा पनि फिल्म ‘पंचायत’ प्रदर्शन हुने भएको छ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अल एन, दुबई र अबुधावीमा फिल्मको बिशेष प्रदर्शन हुँदैछ । युएईको प्रदर्शनबाट उठेको रकम चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिव तथा संचारकर्मी रमेश क्षितिज बताए ।

शिवम अधिकारी निर्देशित फिल्म ‘पंचायत’ नेपालसँगै अमेरिका, जापान लगायतका ठाउँमा प्रदर्शन भैसकेको छ । फिल्ममा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ । फिल्म शुसान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्तरुपमा निर्माण गरेका हुन् ।