‘मिस्टर भर्जिन’को ट्रेलर ‘प्यारोडी’ प्रतियोगिता

पछिल्लो समय फिल्म प्रोमोसनका बिभिन्न उपायहरु अपनाउन थालिएको छ । फिल्म प्रदर्शन पुर्व आम दर्शकलाई फिल्मको बारेमा बुझाउन र हल सम्म तान्नका लागि फिल्म निर्माण यूनिटले गरेका ति फण्डाहरु कतिपय अवस्थामा प्रभावकारी हुने गरेका छन् भने कतिपय अवस्थामा झनै आर्थिक बोझ थपिने गरेको छ । गीतको कभर भिडियो बनाउने प्रतियोगिता सामान्य भइसकेको छ पछिल्लो समय ।

यसै बीच भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर भर्जिन’ यूनिटले प्रोमोसनको नयाँँ तरिका अपनाएको छ ‘प्यारोडी’ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको फिल्मको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो । यसमा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउनु पर्नेछ । जुन प्यारोडीलाई [email protected] मा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार जित्न सक्नेछन् ।

सेक्स कमेडीमा बनेको फिल्म ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।