ब्लक मैले गरेको हुँ – पुजा शर्मा

निर्माता निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको नाम अक्सर जोडिने गर्छ । यी दुई बिच प्रेम सम्बन्ध छ भन्ने हरुको पनि कमि छैन नेपाली फिल्म वृत्तमा । तर उनीहरुले भने आफुहरु प्रेम सम्बन्धमा नरहेको भन्दै आएका छन् । उनीहरुको निकटता यती धेरै छ की उनीहरुको नाम जोडेर लेख्न वा बोल्न कोही हिचकिचाउँदैनन् ।

तर, यही निकटता बिच पनि सुदर्शन र पुजा बिचका बिमति र असमझदारी बाहिर आउने गरेका छन् । पछिल्लो समय फिल्म रामकहानीको प्रोमोसनमा ब्यस्त रहेका उनीहरु बिच फिल्म छायाङ्कन ताका देखी नै खटपट बढेको समाचारहरु बाहिरिएका थिए । सामाजिक संजाल फेसबुकमा एक अर्कालाई ब्लक गर्ने देखि पुजाको जन्मदिनमा सुदर्शनलाई केक अन्य भन्दा पछी खुवाएकोमा सुदर्शन रिसाएको सम्मका कुरा बाहिर आएका थिए ।

बिहिवार फिल्म ‘रामकहानी’को ट्रेलर सार्वजनिक कार्यक्रममा सवाल जवाफ गर्ने क्रममा भाबुक बनेकी पुजाले एक पत्रकारके तपाईँहरुको बिचमा के भएको हो मनमुटाब छ भन्ने सुनिन्छ फेसबुकमा पनि ब्लक हुनुहुन्छ भन्दै प्रश्न गर्न खोज्दा सुदर्शनले त्यसको बचावमा जवाफ दिन खोज्दै थिए तर उनि त्यतिबेला अक्क न बक्क भए जब हतार हतार पूजाले भनिन् ‘ब्लक मैले गरेको हुँ ।’ किन गरेको भन्ने भने उनले खुलाईनन् ।

पुजाको यो ठाडो जवाफ सुन्दै गर्दा त्यसपछि न सवाल भयो न जवाफ । कार्यक्रम नै सकियो । पुजाको ठाडो जवाफ सुन्दा लाग्दै थियो उनि साथीहरुको जमघटको बिच बोलिरहेकी थिइन् । त्यहाँ उनको बच्पना देखिन्थ्यो । पुजाले सयाद बिर्सिइन् की सबै पत्रकार उनका साथी थिएनन् जहाँ जसरी बोल्दा पनि हुने । पुजाको यो बच्पनाले उनलाई केही पत्रकार बिचमा त फ्यामिलियर बनाउला तर सबैका बिचमा भने नगर्ला ।

अब पुजा ठुली भइसकिन् त्यो उनले बुझ्नु जरुरी छ । सुदर्शनले पनि पुजालाई सम्जाएकै होलान् तर उनको यो बानी कहिले छुट्ने हो त्यो भने उनैलाई थाहा होला तर पुजा सम्हालिनु जरुरी छ ।