‘कायरा’को सुखद सुरुवात, पहिलो दिन कति कमायो ?

आर्यन सिग्देल र सम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म कायरा शुक्रवारबाट प्रदर्शनमा आएको छ । लक्ष्मण रिजाल निर्देशित यस फिल्मले प्रदर्शनको सुखद सुरुवात गरेको छ । देशभर करिब ८० हलहरुमा एकसाथ रिलिज भएको फिल्मले पहिलो दिन मोफसल तर्फ १४ लाख ९६ हजार ७ सय ३२ रुपैयाँ र राजधानी तर्फ १९ लाख ६८ हजार ८ सय ६२ रुपैयाँ कलेक्सन गर्दै कूल ३४ लाख ६५ हजार ५ सय ९४ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।
देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले फिल्म प्रदर्शनको पहिलो दिनको अकुपेन्सी सुखद रहेको बताए । उनी भने ‘शुक्रवार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपासमा रहेको छ । सिंगल थिएटरमा भन्दा मल्टिप्लेक्समा दर्शकहरुको उपस्थिती बाक्लो रहेको छ ।’ वितरक मानन्धर शनिवार बर्षाका बाबजुद पनि बिहानी शोमा देशभरका फिल्म हलहरुमा ९० प्रतिशत अकुपेन्सी रहेको बताए ।
नायक सिग्देलकै कथा तथा निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा दिनेश थापा र दिवस पराजुली सह-निर्माता रहेका छन् ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया