लुसुक्क आइन्, खुसुक्क गइन् बर्षा

शनिबार तामझामका साथ संचारकर्मी प्रकाश सुवेदीले जन्मदिन मनाएर फिल्मको घोषण गर्दा अभिनेत्री बर्षा राउत कुहिरोको काग जस्तै बनिन् । बर्षा कार्यक्रममा किन मेकअप र ड्रेसअपसहित आइन् र किन केही नभनी लुसुक्क गइन् भन्ने हल्ला चल्यो ।

प्रकाशले आफ्नो जन्मदिनमा कलाकर्मीको जमघट गर्न खोजेका थिए । उनका पुराना नजिकका कलाकार उपस्थित कार्यक्रममा नयाँ अनुहारहरु खासै थिएनन् । नयाँ अनुहारमा बर्षा राउत थिइन् । तर, बर्षा आएको र गएको धेरैले थाहा पाएनन् ।

बर्षालाई स्टेजमा पनि बोलाइएन, प्रकाशलाई सबैले शुभकामना दिदा बर्षालाई त्यो अवसर पनि दिइएन । यसो भए, बर्षा किन पुगेकी त ?

प्रकाशले निर्देशन गर्न लागेको बकम्फुसे राजा फिल्ममा बर्षा हिरोइन हुने कुरा छ । तर, कार्यक्रममा प्रकाशले कलाकारको घोषणा गरिदिएनन् । उनले कलाकार अर्को कार्यक्रममा घोषणा गर्ने बताइदिए । बर्षालाई कलाकारको रुपमा परिचित गराइनेछ भन्ने आशा थियो होला । तर, त्यसो नभएपछि उनी सुटुक्क आइन् र लुसुक्क गइन् ।

तर, कलाकारको रुपमा परिचय नगराइएपनि बर्षालाई स्टेजमा लान प्रकाशले आवश्यक किन नठानेका होलान् ?