आकाशको कोटमा जे थियो, पूजाको पहिरन त्यही थियो

रामकहानीले अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलाई नजिक बनाएको छ । यसको अर्थ यो होइन कि, अब दुइले पहिरन पनि उस्तै लगाउन् ।

रामकहानी फिल्मको ट्रेलर रिलिजमा पूजा र आकाशको बिषयमा एउटा गौण कुरा कमले याद गरे होलान् । पूजाले लगाएको झिलमिले कपडा राम्रो थियो । पूजा राम्री देखिएकी थिइन् । तर, पूजाको झिलमिले कपडा आकाशको कोटमा पनि अड्किएको थियो ।

आकाशले कोट लगाएका थिए । कोटको खल्तीमा शो देखाउनका लागि सानो कपडा राख्ने चलन छ । जसलाई पकेट स्क्वायर भनिन्छ । पूजाले लगाएको पहिरन र आकाशले लगाएको कोटमा राखिएको पकेट स्क्वायरको डिजाइन एउटै हो ।

यो कुरा डिजाइनरले याद गरेका होलान् । तर, पूजा र आकाशले याद गरे होलान् कि नाई ? यो संयोग मात्र थियो कि जानीजानी नै होला । कि पूजा मेरो मुटु नजिकै छिन् भनेर आकाशले सन्देश दिन यो सिम्बोल प्रयोग गरेका थिए ?
जे जे भएपनि पूजाको कपडाको सानो टुक्रा आकाशको पकेट स्क्वायर बन्न पुग्यो ।

राम र मायाको माया छैन त दामी ?