करोड क्लबमा ‘कायरा’, तीन दिनमा कति कमायो ?

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कयरा’ प्रदर्शनको तेश्रो दिनमा करोड क्लबमा प्रवेश गरेको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्मले शुक्रबार ३४ लाख ६५ हजार भन्दा बढी कलेक्सन गरेको थियो भने प्रदर्शनको दोश्रो दिन ६२ लाख भन्दा बढी कलेक्सन गर्न सफल भयो ।
प्रदर्शनको तेश्रो दिन भने फिल्मको कलेक्सनमा गिरावट आयो । आइतबार नेपाल भरबाट फिल्मले कुल १५ लाख कलेक्सन गरेको छ । मोफसलमा ५ लाख ५० हजार कलेक्सन गरेको फिल्मले उपत्यका भित्र ९ लाख ५० हजार कलेक्सन गर्न सफल भएको छ । फिल्मले तीन दिनमा कुल १ करोड ११ लाख ६५ हजार भन्दा बढी कलेक्सन गर्न सफल भएको छ ।
(वितरक सुनिल मानन्धरले दिएको जानकारीमा आधारित)

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया