मिस ग्राण्ड नेपालको उपाधि उरुशा जोशीलाई

सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको मिस ग्राण्ड नेपाल २०१८ को फाइनल प्रतियोगिताको मुख्य उपाधि उरुशा जोशीले जित्न सफल भएकी छिन् । ‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु हुन्छ होला र किन ।’ भन्ने निर्णायक प्रश्नको उत्कृष्ट उत्तर दिएर उरुशाले मिस ग्राण्ड नेपाल २०१८ ताज पहिरिन सफल भएकी हुन् । उनलाई यस अघिका विजेता जिनश लामाले विजेताका ताज पहिराएकी थिइन् । उरुशाले विजेताका रुपमा नगद पुरस्कार रु पचास हजार, सुजुकीको स्कुटर तथा म्यानमारमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् । उनले वेष्ट वाकको उपाधि पनि जित्न सफल भइन् ।
प्रतियोगितामा वेष्ट पर्सनालिटीको अवार्ड सहित इक्सा मादेन फस्ट रनर अप तथा वेष्ट ट्यालेन्ट र फोटोजेनिकको अवार्ड सहित रिया गैरे सेकेन्ड रनर अप विजेता चयन भएका थिए । इक्सा र रियाले क्रमशः तीस हजार तथा बीस हजार नगद पुरस्कार प्राप्त गरे । फेसन डिजाइनर उत्तम बनेपालीले तयार पारेका पहिरनहरुमा सजिएका मिस ग्राण्ड नेपाल २०१८ का प्रतिस्पर्धीहरुले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत आफ्नो प्रस्तुति दिएका थिए । आर के इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सुष्मिता तामाङ वेष्ट फिगर तथा वेष्ट स्पिच, संजिता रानाभाट मल्टिमिडिया, तथा सारा कपालीले वेष्ट रिपोर्ट राइटिङको अवार्ड जित्न सफल भएका थिए ।

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_1c6Uk8ewnv_fmjer8ikorvczzlqen0nucvwjyc9gjynkmvtno6hibwtg8vg3z0qe9pybyx9.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_8d2HOBEc5Z_5r6vkjmk0uh4mvzij3amldbyvermewv5pgtqaazugtaunhtbgoyz9js3o12m.jpg)
प्रतिक्रिया