‘मोडल हन्ट नेपाल २०१८’ छनौट चरण अडिसन

सनिबार राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसबाट  ‘मोडल हन्ट नेपाल २०१८’का लागि २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका छन् । अडिसनमा २ सय बढिको सहभागीता रहेको थियो । अभिनेता कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री, मोडल सृजना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतबर्षको उपाधि बिजेता बिक्रम आदित्य महासेठ, फष्ट रनरअप सिम्रन खड्का लगायत छनौट चरणको निर्णायकका रुपमा रहेका थिए ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई रर्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज प्रस्तुती पब्लिक स्पिकिङलगायत विषयमा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्यको, पुर्व मिस नेपाल माल्भिका सुब्बा, फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तराष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केसरी शाह लगायतले प्रशिक्षण दिने नेक्स्ट मोडल्सका अध्यक्ष रवी धमलाले बताए ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको काठमाडौ पछि पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौमा अडिसन सकिनेछ ।

प्रतियोगीताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि छानिने अध्यक्ष धमलाले जानकारी दिए । भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजमा अन्तिम प्रतिस्पर्धा आयोजना हुने चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिने यो मोडलिङ सम्बन्धि एक मात्र उत्कृष्ट प्रतियोगीता हो । यसको शिर्ष बिजेताले नगद १ लाख र उत्कृष्ट तीन भित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागी हुनका साथै आइसी कलेज अफ आर्ट एण्ड फेसनको गुलविल एम्बसडर बन्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगीताको पुरुष बिजेताले चिनमा आयोजना हुने ‘मिष्टर ओसिएन’ र महिला बिजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने बिभिन्न फेसन शोमा समेत सहभागीको अवसर र बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।