‘फ्रेन्डसिप डे’मा रेखा र शिल्पा सुकुटे बिचमा

त पिटेको जस्तो गर, म रोएको जस्तो गर्छु भन्ने सम्बन्ध नेपाली फिल्ममा खुबै कलाकार पाइन्छ । बाहिर एक अर्काको सत्ती सरापो गर्ने अनी भित्र अंगालिएर हिड्ने सम्बन्ध पुरानो हो ।

निर्माता छविराज ओझाकी पूर्व श्रीमति रेखा थापा र वर्तमान रुमर श्रीमति शिल्पा पोखरेलको सम्बन्ध पनि उस्तै छ । दर्शकको अगाडि बाझाबाझ, आरोप प्रत्यारोप गर्ने यी दुई भित्र भने अर्कै सम्बन्धमा जोडिएका छन् ।

रेखाले शिल्पा पोखरेल र छवि ओझाविच बिहे भैसकेको र अर्काको लोग्नेसँग मेरो नाम नजोड्न भनेर मिडियालाई चुनौती दिएकी थिइन् । शिल्पाले पनि रेखा दिदीले नवुझिकन हावामा कुरा गरेको, भोली आफ्नो बिहे हुन सकेन भने यसको जिम्मा कसले लिने, रेखासँग कुरा गर्ने भन्दै उनीसँग सम्बन्ध विग्रिएको जस्तो बयान दिइन् । दर्शकलाई हेर्दा रेखा र शिल्पाको सम्बन्ध खत्तमै छ जस्तो देखियो ।

बाहिर बाझाबाझ गरेका रेखा र शिल्पा एकसाथ रिफ्रेस हुन सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका छन् । आइतबार बेलुकी सुकुटे बिच पुगेका उनीहरु आज फर्किनेछन् । उनीहरुको साथमा अभिनेत्री पूजा शर्मा, निर्देशक संझना रौनियार पनि छन् ।
बाहिर झगडा गर्ने रेखा र शिल्पा एकसाथ रमाइलो गर्नका लागि हिड्ने गरेका छन् । संयोग पनि राम्रै थियो ‘फ्रेन्डसिप डे’ । बाहिर बाझाबाझ गर्ने रेखा र शिल्पाले ‘फ्रेन्डसिप डे’ देखि साथीत्वको भावना बढाउन खोजेकै हुन् त ?