फिल्म ‘रेनी’ को गीत र ट्रेलर सार्वजनिक

भदौ ८ गते देखि प्रदर्शनमा आउने फिल्म रेनीको ट्रेलर र गीत सार्वजनिक भएको छ । फिल्ममा त्रिकोणात्मक प्रेम कथा समेटिएको छ । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित ‘दारी बा’,  दीपक ढकाल, गिरिश रिजाल ‘समीप’ साथै नवनायिका सनम मल्लको मुख्य भूमिका रहने छ । गिरिश रिजालको निर्देशन रहेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् । जयराम थापाको छायांकन रहेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।
ट्रेलर हेर्नुहोस्:

‘मलाई नाईँ नाईँ’ बोलको गीतको भिडियोमा पुस्कर सुनुवारको स्वर र संगीत रहेको छ । गीतको भिडियोमा कोरियोग्राफी मदन खड्काले गरेका हुन् ।
गीत हेर्नुहोस्: