‘बागी ३’ निर्माण घोषणा

छोटो समयमै चर्चाको शिखरमा पुग्न सफल नायक हुन् टाईगर श्रफ । दमदार एक्शन तथा डान्स उनको विशेषता हो । उनी अभिनित फिल्म बागी र बागी २ को सफल्ता पस्चात अब तेस्रो सिक्यूएल बागी ३ को निर्माण घोषणा गरिएको छ । टाइगर हाल करण जौहरको फिल्म स्टुडेन्ट अफ द ईयर २ को शूटिंगमा व्यस्त छन् । शूटिंग पस्चात टाईगर बागी ३ को तयारीमा लाग्नेछन् । उक्त फिल्मको शूटिंग  जूनबाट शुरु हुने निर्माता साजिद नाडियाडवालाले बताएका छन् ।

अहमद खानले निर्देशन गर्ने फिल्ममा नयाँ हिरोईनको खोजी गरिरहेका छन् । पहिलो दुई भागमा श्रद्धा कपूर र दिशा पाटनीले फिमेल लिड रोल गरेका थिए ।