थाई फिल्म ‘पी मक’को ट्रेलरसँग मिल्दो जुल्दो ‘राम कहानी’ ट्रेलर !

फिल्म राम कहानी को ट्रेलर थाई फिल्म ‘पी मक’ बाट प्रभावित भएकै हो त ? दुवै फिल्मको ट्रेलर हेर्दा उस्तै लाग्छन ।

राम कहानी ट्रेलरमा देखाइए जस्तो उक्त थाई फिल्ममा पनि हिरोइनलाई भुत अवतारमा देखाइएको छ । उक्त फिल्म  ‘पी मक’ २०१३ अगस्ट २८ गते प्रदर्शनमा आएको थियो । दुबै फिल्मको ट्रेलर हेर्दा थाई उक्त फिल्मको कथा र नेपाली राम कहानीको कथाको सार उस्तै छ जस्तो लाग्छ । दुबै फिल्ममा नायिकाको भिन्न रुप देखाइएको छ ‘भुत’ जस्तै । फिल्ममा राखिएको सब टाइटललाई मध्यनजर गर्ने हो भने पनि त्यसका समानताहरु धेरै देखिन्छन । राम कहानीको ट्रेलर हेर्दा फिल्म कमेडी हररसँगै लभ स्टोरी जनाराको जस्तो लाग्छ । ‘पी मक’ पनि कमेडी हरर जनरा मै निर्मित फिल्म हो ।

हुन त प्रेम एकै हो । तर, त्यसलाई देखाउने कोणहरु फरक हुन सक्छन । राम कहानीको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापाले यही भनेका थिए । फरक गर्ने कोसिसमा कतै थापाले बिदेशी फिल्मबाट प्रभावित हुँदै ‘राम कहानी’ निर्माण गरेका त छैनन् । थाई फिल्म नेपालका लागी उती नजिक छैन । थाई फिल्मका दर्शक पनि सायदै होलान् नेपालमा । यही कुराको फाइदा उठाउँदै कतै निर्देशक थापाले फिल्मको कथा बस्तु कतैबाट लिएका त छैनन् ? प्रश्न उब्जिएको छ । फिल्मको कथा बस्तु मिल्छ मिल्दैन त्यो त फिल्म प्रदर्शनमा आएपछी नै थाहा हुनेछ । तर अहिले हेर्दा दुवै फिल्मको ट्रेलर मिल्दा जुल्दा छन् ।

निर्देशक सुदर्शन थापाले भने आफ्नो फिल्मको ट्रेलर कुनै फिल्मसँग नमिल्ने र कसैबाट प्रभावित पनि नभएको बताए । उनले भने, ‘केटीको भुत अवतार देखाएको भएर त्यस्तो लागेको होला । मान्छेको आफ्नो आफ्नो हेर्ने दृष्टिकोण हो ।’  यसको वास्तविकता के हो फिल्म निर्माणकर्तालाई नै थाहा होला । हो होइन छुट्याउने जिम्मा  दर्शकलाई पनि ।

राम कहानी ट्रेलर

पी मक ट्रेलर