‘यात्रा’को सुटिङ लम्बिदा दिक्क सलिनमान

- मेराेफिल्म

ए मेरो हजुर २ छायांकनको बेलामा आफूलाई खाना नपाएको, काम गर्न अल्छी लागेको भन्दै अभिनेता सलिमान बनियाँले छायांकन रोक्न र फिल्म नै नबनाउन निर्देशक झरना थापालाई आग्रह गरेका थिए । सलिमान धेरै काम गर्न चाहदैनन् । अझ, एकहोरो एउटै काम त उनको शब्दकोषमै छैन । तर, सलिनमानको दोश्रो प्रोजेक्ट यात्राको छायांकन उनको सोच विपरित भैरहेको छ ।

फिल्मको छायांकन सुरु भएको २ महिना बढी भैसक्यो, अझै काम छ । निर्माताको २ करोड भन्दा बढी सकिएको छ । फिल्मको छायांकन अझै नसकिएपछि सलिनमान पनि दिक्क भएका छन् क्यारे । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा अझै छायांकनमा भन्दै लेखेका छन् ।

उनको यो लेखाई कतै लामो समयसम्म फिल्म छायांकन हुँदा दिक्क भएको महशुश त होइन । सलिनमान फिल्मको छायांकन सकेर आराम गर्न चाहन्छन् । तर, उनले भने जस्तो भएको छैन । भनेजस्तो नहुँदा, सलिमान दिक्क भैसकेका छन् । उनको लेखाइले यस्तै भाव व्यक्त गर्छ ।

२०७५ साउन २२ गते ९:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *