आकाशको बोली चिप्लिएको कि जानी जानी बोलेका ?

आफ्नो अभिनय रहेको फिल्म कहिले रिलिज हुन्छ जसलाई पनि थाहा हुन्छ । आफूले काम गरेको फिल्म नजिकको मितिमा रिलिज हुदैछन् भने पनि कुन मितिमा कुन आउँछ कलाकारलाई थाहा नुहने कुरा हुँदैन । तर, हिरो आकाश श्रेष्ठलाई भने यस्तो भएको छैन । उनले अभिनय गरेको ब्ल्याक भदौ १ गते रिलिज हुदैछ । तर, उनलाई ब्ल्याक फिल्म भदौ २२ गते आउँदैछ जस्तो लाग्छ ।

ब्ल्याक फिल्म हेर्न भदौ २२ गते हलमा जानुहोला भन्न आकाश बिर्सदैनन् । यो कुरा ब्ल्याककी अभिनेत्री आँचल शर्माले पनि याद गरेकी छिन् । आँचलले त आकाशले यस्तो भनेको भन्दै आपत्ती समेत जनाउँदै आएकी छिन् । तर, आकाश ब्ल्याकका लागि इन्टरभ्यू दिदा भदौ २२ गते मुखमा आयो भन्न हिच्किचाउँदैनन् ।

आकाशले यो जानी जानी गरिरहेका छन् कि उनको बोली चिप्लिएको हो ? भदौ २२ मा उनले अभिनेत्री पूजा शर्मासँग काम गरेका रामकहानी फिल्म रिलिज हुँदैछ । ब्ल्याकको प्रमोशनमा पनि रामकहानीको ह्याङ्ग, आकाशको यो पब्लिसिटी स्टाइल त होइन ?