‘कायरा’को ‘रङ्ग छ कहाँ ?’

फिल्म कयरा प्रदर्शनको चौथो दिन फिल्मको नयाँ गीत ‘रङ्ग छ कहाँ’ सार्वजनिक गरेको छ । शुक्रबारबाट फिल्म प्रदर्शनमा आइसकेपनी नायक आर्यन सिग्देलकै शब्द रहेको उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा कोसिश क्षेत्रीको संगीत रहेको छ भने एरेन्ज उदय राज पौडेलले गरेका छन् । भिडियोमा नायक सिग्देल र नायिका मरिषा श्रेष्ठ फिचार्ड छन् ।
नायक सिग्देलकै कथा तथा निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा दिनेश थापा र दिवस पराजुली सह-निर्माता रहेका छन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया