श्रीमान जापान हुदा सुजातालाई आनन्द (भिडियो)

- मेराेफिल्म

खेमराज पौडेल र भूमिका शाहको आवाज रहेको तीज गीत ‘बुढो जापान तिर’ सार्वजनिक भएको छ । अहिलेको समयमा विदेशिने समसामयिकतालाई समेटेर गीत तयार पारिएको छ । श्रीमान जापानमा भएर प्रसस्त पैसा पठाएकै कारण आफु खुसी भएको तथा बिदेसिने आफ्नो रहर पुरा भएकोमा श्रीमान खुसी भएको भाव गीतमा समेटिएको छ । विदेशिने बाध्यता भन्दा पनि बदलिदो समयमा विदेश प्रतिको नेपाली मोहको चित्रण हो तीज गीत ‘बुढो जापान तिर’  । गीतमा शब्द तथा संगीत बिष्णु न्यौपानेको रहेको छ भने संगीत संयोजन याम थापा मागर्ले गरेका छन् ।

अमित सापकोटाको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन समेत निर्देशक स्वयम् कै रहेको छ । अमृत चापागाईंले सम्पादन गरेको भिडियोमा सुजाता ज्ञावाली र शंकर क्षेत्रीको नृत्य रहेको छ ।

२०७५ साउन २२ गते ११:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *