विवाह गर्दै शाहरुख ?

आजकल प्रियंका चोपडाको प्रेम र विवाहको चर्चाले बलिउड तातेको छ । केहि समय अघि उनले अमेरिकी पपस्टार निक जोनससँग विवाह गर्ने भएकोले सलमान खानको फिल्म ‘भारत’ नगर्ने भएकी हुन् भन्ने खबर बाहिरेको थियो । प्रियंकाले एक्कासी फिल्म छोड्दा फिल्म निर्मातालाई तनाव भए पनि कट्रिना कैफलाई लिईएको छ ।

प्रियंकाको इंगेजमेन्टको खबरमा बिभिन्न सेलिब्रेटीहरुले आ–आफ्नै किसिमले टिप्पणी गरिरहेका छन् । यस्तै क्रममा बलिउड सुपरस्टार शाहरुख खानले एउटा गज्जबको प्रतिक्रिया दिएका छन् । एक कार्यक्रममा शाहरुखसँग प्रियंकाको बिवाहको बारेमा प्रतिक्रिया लिन खोज्दा उनले ठट्यौली शैलीमा भने,  ‘म पनि बिवाह गर्न लागिरहेको छु । छिट्टै नै तपाइँहरु सबैलाई निम्ता कार्ड पठाउँछु । मेरो रिसेप्सनको कार्ड पनि पठाउँछु र मेहेन्दीमा चाँही पक्का आउनु नी !’ कुनै समय प्रियंका र शाहरुखको अफेयरको चर्चाले बलिउड तताउने गरथ्यो ।