आलिया विवाहपछि पनि फिल्म खेल्ने

बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्रास्त्र’ प्रदर्शनको क्रममा छ । अभिनेता रणबीर कपूरसँगको अफेयरको र फिल्मका कारण उनी चर्चामा छिन् । रणबीर आलिया दुवैले अयान मुखर्जीको फिल्म ‘ब्रह्रास्त्र’मा काम गरेका छन् । यसैबीच आलियाले विवाहबारे अभिव्यक्ति दिएकी छन् ।

सामाजिक सञ्जाल इंस्टाग्राममा उनले आफ्ना फ्यानसँग कुराकानी गर्ने क्रममा बिवाह बारे आफ्नो बिचार ब्यक्त गरेकी छन् । त्यस क्रममा आलियालाई व्यक्तिगत र फिल्मसँग जोडेर विभिन्न प्रश्नहरु सोधिए । के तपाई विवाहपछि पनि अभिनय गरिरहनुहुन्छ ? भन्ने प्रश्नमा उनले, ‘म सकुञ्जेल अभिनय गरिरहनेछु’, भनिन् ।