रगंमञ्चमा हाँसो : नेप–ग्याजम लाइभ स्टयाण्ड-अप कमेडी शो

यूटयूबमा निकै चर्चा कमाउन सफल नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको सहकार्यमा श्रावण १९ गते शनिबार लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ३ सर्वनाम थिएटरमा सम्पन्न गरेको थियो । रगंमञ्चमा नाटक मात्र होइन हाँस्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शक लाइ भरपूर मनोरञ्जन गर्न सकिन्छ भन्ने नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शोको कार्यक्रम मार्फत प्रमाणित भएको छ ।

सिजन १ र सिजन २ को सफलता पछिको यो तेश्रो सिजनमा पाँच जना हाँस्य कलाकार लेखमणी त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा रोशन सुवेदीले आफ्ना प्रस्तुतीहरु दिएर उपस्थित करिब २५० दर्शकहरुलाई २ घण्टासम्म हसाएका थिए । कार्यक्रम सोमिता धमलाले संचालन गरेकी थिइन । उक्त कार्यक्रमलाई ई बेस्ट डिल्स नेपाल,  द क्ले– टेक सलुशन प्रा.लि. र हाम्रो पात्रोले प्रायोजन गरेको थियो भने भेन्यू पाटनर सर्वनाम थिएटर रहेको थियो ।